 
	    काठमाडौं । संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहिवार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
संघिय संसदका बैठक केही दिन नबस्ने भएपछि संसदिय समितिहरु सक्रिय हुन लागेका हुन् । प्रतिनिधिसभाको बैठक १० दिनको लागि स्थगित गरिएको छ भने राष्ट्रियसभाको बैठक एक सातापछि बस्नेछ ।
प्रतिनिधिसभामा प्रि–बजेट अर्थात आगामी बजेटका नीतिगत प्राथमिकता र सिद्धान्तमाथिको छलफल बुधबार सकाएर १० दिनका लागि बैठक राोकिएको हो ।
सभामुख देवराज घिमिरे र संसदका अन्य पदाधिकारी जेनेभा भ्रमणमा जाने भएपछि बैठक रोकिएको हो । प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते आइतवार बस्नेछ भने राष्ट्रियसभाको बैठक चैत १५ गते बिहिवार बस्ने जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्