Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


मोहनविक्रम सिंह पतन भए : अध्यक्ष ओली


2.3k
Shares

काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह पतन भएको नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नुभएको छ ।

नेपाली कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोईरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह के का लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गर्नुभयो । उहाँले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाईन्छ भनेर कांग्रेस को पछि लागेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

Skip This