
विराटनगर, भदौ २८ । प्रदेश नम्बर–१ को सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि विशेष अभियानस्वरुप ६ ओटा जिल्लामा सडक सुशासन अभियान लागू गरेको छ ।
प्रदेश सरकारले पहिलो चरणमा मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटर क्षेत्रको राजमार्गलाई विकास गरी नमुनाकारुपमा अभियान लागू गरेको हो ।
प्रदेशका ६ ओटा जिल्लामा पहिलोपटक प्रयोगमा ल्याउन लागिएको सडक सुशासन अभियानका लागि तयार पारिएका सडकहरु आमनागरिकले सबै प्रकारको सुरक्षाको अनुभूति दिलाउनेखालका मापदन्डमा तयार पारिने प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले बताए ।
प्रतिक्रिया दिनुहोस्