Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मुद्दा चलिरहेको व्यक्तिलाई देशको गृहमन्त्री बनाएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति


468
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बिश्वकर्माले आपत्ति प्रकट गर्नुभएको हो ।

सांसद बिश्वकर्माले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद बिश्वकर्माले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिनुभयो ।