 
	    काठमाडौं । शेयर बजार बुधबार नगन्य अंकले घटेर बन्द भएको छ ।
बुधबार शून्य दशमलव ८७ अंकले घटेको हो । दिनभरको उतारचढावका बीच बजार २ हजारमा थामएिको छ ।
७१ वटा कम्पनीको शेयरमूल्य बढ्दा १ सय ७० वटा कम्पनीको मूल्य भने घटेको छ । उपसमूहहरु मध्ये व्यापार उपसमूहमा सर्वाधिक ५ प्रतिशतको वृद्धि आउँदा उत्पादन तथा प्रशोधन ४ प्रतिशत, लगानी १ प्रतिशत, होटल तथा टुरिजम, म्युचल फण्ड र अन्य समूह सामान्य अंकले बढेका छन् ।
विकास बैंक समूह १ प्रतिशतले घटेको छ भने बैंकिङ, वित्त, जीवन विमा, निर्जीवन बीमा र लघुवित्त समूह सामान्य अंकले घटेका छन् । बुधबार विशाल बजार, वोटलर्स नेपाल बालाजु, वोटर्स नेपाल तराई र बीपीडव्लु लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सामलिङ पावरको ६ प्रतिशत, गुराँस लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतले घटेको छ । बुधबार ३ सय ८ वटा कम्पनीको ५१ लाख कित्ता शेयर २ अर्ब रुपैयाँ भन्दा बढीमा खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा सोनापुर सिमेन्टको सर्वाधिक १२ करोड माथिको कारोबार भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्