Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


काँग्रेसको महासमिति बैठक शुभेच्छुक संस्थाबाट बहिष्कार


1.2k
Shares

काठमाडौं । नेपाली काँग्रेसको जारी महासमिति बैठक पार्टीको विधान विपरित भएको भन्दै केही शुभेच्छुक संघसंस्थाले महासमिति बैठक बहिष्कार गरेका छन् ।

उनीहरुले शुभेच्छुक संघसंस्थका अध्यक्ष महासमिति बैठकको पदेन सदस्य हुने विधानमा व्यवस्था भएपनि आमन्त्रित सदस्य राखेको भन्दै महासमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।

काँग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका अध्यक्ष इन्जिनियर लक्ष्मण केसीले पार्टीले विधान विपरित गरेको महासमिति बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, प्रजातन्त्रवादी चिकित्सक संघका महासचिव डा. संयुक्त आचार्य, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दे गल्ती नसच्याएसम्म महासमिति बैठकमा भाग नलिने घोषणा गरेका छन् । उनीहरुले पार्टीका अलोकतान्त्रिक गतिविधिका विरुद्ध कृयाशील रहन पनि आग्रह गरेका छन् ।

Skip This