Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


‘प्रदेश सरकार बालक भएपनि संघीय सरकार भन्दा धेरै काम गरिरहेको छ’


78
Shares

अर्घाखाँची । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सरकार बालक अवस्थामा भए पनि संघीय सरकार भन्दा धेरै काम गरिरहेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारको काम छैन भन्ने समय अझै अहिले नै नभएको बताउनुभयो ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा लुम्बिनी प्रदेशसभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा सभामुख घर्तीले संघीयताको मर्मअनुसार तिनै तहको सरकार अघि बढेको अवस्थामा कानुन नहुँदा हरेक कामकाजले गति लिन नसकेको बताउदै लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण र कार्यान्वयनको पाटोलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

हाल सम्म प्रदेशमा ७६ वटा कानुन निर्माण भइसकेको बताउदै उहाँले बाझो जमिनलाई सदुपयोग गर्ने गरि कृषि तर्फका कार्यक्रम सार्वजनिक गर्ने योजनामा रहेको सभामुख घर्तीले बताउनुभयो ।