 
	    काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसदको चालु अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताउनुभएको हो । उहाँले विगतका दुई वटा संसद अधिवेशन नैतिकताविहीन भएको बताउनुभयो ।
सांसद खानले संसदमा एक अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा तालि बनाउने बाहेक केही हुन नसकेको बताउनुभयो । उहाँले कानून निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताउनुभयो ।
सांसद खानले संसद जनताप्रति उत्तरदायि हुनुपर्ने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्