Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


चलचित्र जिग्रीको ट्रेलर सार्वजनिक


221
Shares

काठमाडौं । फागुन ४ गते प्रदर्शनमा आउने चलचित्र जिग्रीको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु परेको उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

चलचित्र जिग्रीमा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् भने अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

चलचित्र जिग्री वर्तमान समयका दुई नेपाली युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय वस्तु रहेको छ ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।

चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

Skip This