 
	    एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बतउनुभएको छ ।
३ सय सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको छ । यसैबीच एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको छ ।
बंगलादेशमा कुनै दलले संसदको कुल १ सय ५१ सिट जित्न सफल भएमा सरकार बनाउन सक्छ । अवलले बंगलादेशको १२ औं संसदीय निर्वाचनमा कुल योग्य मतदाताको ४१.८ प्रतिशत पुगेको बताउनु भयो । बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उहाँले बताउनु भयो ।
सत्तारुढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका छन् । स्थानीय समयअनुसार आइतवार बिहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो । आइतवार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्