 
	    काठमाडौं । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफूहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्न माग गरेका हुन् ।
बैठकमा बोल्दै नेपाल राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिष्पर्धाबाट पदपूर्ति गर्नुपर्ने बताउनुभयो । उहाँले राहत शिक्षकहरुले शिक्षणमा दुई दशक अविच्छिन्न सेवा गरेको तर यस अवधिको १८ वर्ष शिक्षक सेवा आयोग नखुलेकाले कारण आफूहरु स्थायी हुन नसकेको भन्दै राहत कोटामा कार्यरत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले राहत अनुदान कोटामा अविच्छिन्न सेवा गरेको अवधिको शतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्नुपर्ने पनि बताउनुभयो ।
बैठकमा बोल्दै पेन्सन वञ्चित शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष अमृत कार्कीले आफूहरु स्थायी हुनुको अर्थ नै पेन्सन पाउनुभएको उल्लेख गर्दै आफूहरुलाई पेन्सनबाट वञ्चित गरिएको बताउनुभयो । उहाँले नयाँ विधेयकमार्फत् पेन्सन वञ्चित शिक्षकहरुलाई पेन्सन वञ्चित नगराइदिन आग्रह गर्नुभयो ।
त्यस्तै, पेन्सन वञ्चित शिक्षक समाजका अध्यक्ष सुदीप जोशीले नयाँ शिक्षा ऐन आउनुभन्दा अगाडी नियुक्ति पाएका शिक्षकहरुको हकमा पुरानै पेन्सन प्रणाली र नयाँ ऐन जारी भइसकेपछि नियुक्ति पाउने शिक्षकको हकमा नयाँ पेन्सन प्रणाली गरिदिनुपर्ने बताउनुभयो । उहाँले अस्थायी सेवा समेत जोडेर न्युनतम निभृतिभरणको व्यवस्था राज्यले गरिदिनु प¥यो भन्नुभयो ।
छुट अस्थायी, करार शिक्षक संघर्ष समितिका सचिव हिराचन थापा मगरले आफूहरु ०७५ सालमा सेवा अवधिका कारण आन्तरिक परीक्षा दिनबाट छुटेको भन्दै एकपटकलाई आन्तरिक परीक्षा दिने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले आन्तरिक परिक्षामा पनि उमेर हद पनि हटाउन माग गर्नुभयो ।
नेपाल बालविकास शिक्षक केन्द्रिय सङ्घर्ष समितिकि अध्यक्ष कृष्णकुमारी थापा मगरले प्रारम्भिक बाल विकास केन्द्र सम्बन्धी व्यवस्था आधारभूत तह तृतीय श्रेणी शिक्षक सरहको राष्ट्रिय मापदण्ड बमोजिम हुनुपर्ने बताउनुभयो । उहाँले प्रारम्भिक बाल विकासमा कार्यरत शिक्षकलाई स्वतः दरबन्दीमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै गरी बैठकमा बोल्दै बालविकास शिक्षक जयन्ती बस्नेतले आफूहरुको दुःखको मूल्यांकन विद्यालय र सरकारी निकायले नगरेको दुखेसो गर्नुभयो । उहाँले आफूहरुलाई विद्यालय र सरकारी निकायमा हेपिने गरेको बताउनुभयो । आफूहरुले बालबालिका पढाउनका लागि निकै दुःख गर्नुपरेको भन्दै त्यसको उचित मुल्यांकन हुनुपर्ने बताउनुभयो ।
उहाँले आफूहरु प्रतिष्पर्धाबाट नभागेको भन्दै आन्तरिक प्रतिष्पर्धामा जान तयार रहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्