
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका– २ को रामपुरमा अपांगता भएका व्यक्ति र उनीहरूका परिवार मिलेर थुक्पा तथा चाउमिन उद्योग सञ्चालनमा ल्याएका छन् । ६ लाख रुपैयाँभन्दा बढीको लगानीमा उनीहरूले न्यु बरूण नुडल्स उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालयले पिठो घोल्ने र सिन्का बनाउने मेशिन उपलब्ध गराएको थियो ।
ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित समुदायमा आधारित पुनःस्थापना कार्यक्रमले तालिम र अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराएपछि उद्योग सञ्चालनमा आएको हो ।
अहिले यो उद्योगमा तीन जनाले नियमित काम गर्दै आएका छन् भने अन्य व्यक्तिहरूले समेत आंशिक रोजगारी पाएका छन् ।
उद्योगबाट साप्ताहिक रुपमा ३० कार्टुन थुक्पा र ३० पाकेट चाउमिन उत्पादन हुँदै आएको उद्योगका सञ्चालक तीर्थराज दाहालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्