Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा


247
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले क्ष्तिग्रस्त भएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको जनाइएको छ ।

हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलको अवलोकनका लागि पुगेको प्रतिनिधिमण्डललाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले ७० प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

इन्जिनियर कुँवरले बाँकी काम केही कठिन रहेको बताउँदै जस्तो परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको पनि बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो । अवलोकन प्रतिनिधिमण्डलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसदहरु, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायत रहेका थिए ।

आयोजनामा हाल ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको जनाइएको छ ।