Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


‘रेडलाइट एरिया’ तोकौं या यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गरौं : मुख्यमन्त्री गुरुङ


0
Shares

काठमाडौं, भदौ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले ‘रेडलाइट एरिया’ हुनुपर्ने या परिचयपत्र व्यवस्था गर्नुपर्ने सुझाए ।

‘जति रोक्न खोजे पनि भित्रभित्रै धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ परिचयपत्रको व्यवस्था गरे थोरैथोरै कर पनि उठाउन सकिने उनले जनाए ।

विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउँदा सरकारी अतिथिगृहमा नबस्ने उल्लेख गर्दै उनले भने, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’ –कान्तिपुर दैनिकबाट