२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


चलचित्र ‘मायाबी’को छायांकन सकियो


1.014k
Shares

काठमाडौं । चलचित्र मायाबीको छायांकन सकिएको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायाबी’को छायांकन सकिएको हो ।

मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब दुई महिनामा छायांकन सकिएको हो ।

शनिबार चलचित्रका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए ।

यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् ।

चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । चलचित्रका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।