Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


स्तरीय क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्छ : अध्यक्ष ओली


624
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कम टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहरु नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरु निर्माण गर्नुपर्ने बताउनुभएको हो । उहाँले कुनैपनि अभावहरुमा क्रिकेट खेलाडीहरुको उत्साह र मनोबलमा कमी नआएको भन्दै आगामी दिनमा पनि मनोबल कमजोर पार्नु नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले खेल क्षेत्रमा सरकारले गर्नुपर्ने काम कर्तव्यमा कुनै कमी आउन नदिन पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँले खेलाडी र प्रशिक्षकहरुहरु प्रति आफ्नो उच्च प्रशंसा र सम्मान रहेको पनि बताउनुभयो ।