ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ को चप्लेटी गाउँमा रहेका वादी समुदायले बनाएका मादल बिक्न छाडेको छ ।
तिहारको मुख्य सिजनमै मादलक कम बिक्री हुँदा उनीहरूको मेहनत र लगानी नउठ्ने अवस्था आएको हो ।
चप्लेटी गाउँमा ९ घर वादी वस्ती छ । यहाँका वादी समुदायको मुख्य पेशा नै मादल बनाउने हो । बाजेको पालादेखिको सीप प्रयोग गरेर बनाउँदै आएको मादल तिहारमा बिक्री नहुँदा मारमा परेको स्थानीय बुद्धिमान बादीले बताउनुभयो ।
मादल बिक्री कम हुँदा अहिले अर्डरमा मात्रै बादी समुदायले मादल बनाउँदै आएका छन् । पहिलेजस्तो हाटबजारमा लगेर र गाउँ डुलाएर बिक्री गर्न समेत छाडिएको छ ।
यहाँका वादी समुदायले एउटा मादलको २ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । मादलको ताल, ताना र खरी हालेको ३ हजार ५ सय रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्