४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


लक्ष्मी परियार हत्याकान्डः पीडित परिवार आक्रोशित


0
Shares

काठमाडौं, भदौ २६ । हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ नगरेको भन्दै एक पीडित परिवारले आक्रोश पोखेको छ ।

यही भदौ १५ गते काठमाडौंको वसुन्धरास्थित एक गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी परियारको परिवारले हत्यारा पक्रन प्रहरीले वास्ता नगरेको भन्दै आक्रोश पोखेको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित परिवारका सदस्यले बलात्कारपछि हत्या गरिएको जघन्य अपराधमा पनि दोषी पत्ता नलगाउनु प्रहरीको कायरता भएकोे आरोप लगाएका छन् ।

यही भदौ ७ गते दिउँसो सम्पर्कविहीन भएकी लक्ष्मीको भदौ १५ गते गेस्टहाउसमा शव भेटिएको थियो ।

पत्रकार सम्मेलनमा महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले बलात्कार र हत्याका घटना मौलाउँदै जाँदा आफ्नो चेलिबेटीको सुरक्षा कसरी गर्ने भनेर अभिभावकहरु चिन्तित हुँदै गएको बताइन् ।

अपराधको अनुसन्धानमा प्रहरीको कार्यशैलीको पनि उनले आलोचना गरिन् ।