२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानूनी रुपमा प्रतिबन्ध गरेको छैन’


26
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानूनी रुपमा प्रतिबन्ध नगरेको स्पष्ट पार्नुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नै उत्पादित सुपारीको परीक्षण गर्ने कुनै मापदण्ड वा निर्देशिका स्पष्ट नहुँदा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई सिफारिस गर्न समेत नसकेको बताउनुभयो ।

निरौलाले समितिबाट नेपालमानै उत्पादित सुपारीको उत्पत्ति प्रमाण पत्र जारी गरी निर्यात गर्ने निर्देशन भए मन्त्रालय तत्काल सिफारिस गर्न तयार रहेको बताउनुभयो ।