ओखलढुंगा । ओखलढुंगामा निर्वाचन रणनीति सडकअन्तर्गत निर्माण भइरहेको मोलुङ एकवार सडक स्तरोन्नतिको काम बजेट अभावका कारण प्रभावित बनेको छ ।
हर्कपुरदेखि साढे ६ किलोमिटर क्षेत्रमा सडकको डीबीएसटी कालोपत्रे गर्नका लागि ठेक्का लागे पनि ४० प्रतिशत काम सकिएपछि काम प्रभावित बनेको हो ।
गत माघमा डिभिजन सडक कार्यालयबाट तीन वर्षका लागि २२ करोड ७० लाख रुपैयाँमा बहुवर्षे ठेक्का लागेर काम सुरु भएको थियो ।
गएको वर्ष ठेकेदार कम्पनी महालक्ष्मी भूजेल जेभीले ६ करोड बराबरको काम गरिसकेको छ ।
यसवर्ष तीनवटा योजनाका लागि एक करोड बजेट आएपछि बजेट अपुग भएर काम प्रभावित भएको डिभिजन सडक कार्यालय हर्कपुरका इञ्जिनियर राजकिशोर सिंहले बताउनुभयो ।
अहिले सडकको मेशिनरी वाल, ग्याविन वाल, कटिङ, कजवे, ह्युमपाइप, कल्भर्टलगायतका संरचना निर्माणको काम भइरहेको छ ।
सडकको सोही ठेक्काअन्तर्गत सिस्नेरी क्षेत्रमा तीन किलोमिटर हार्ड रक कटिङको काम समेत रहेको छ ।








प्रतिक्रिया दिनुहोस्