२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवनमा कुखुराको मासुको खपत घट्यो


0
Shares

काठमाडौं । चितवनमा कुखुराको मासुको खपत घटेको छ । विगतमा दसैंमा बढ्ने गरेको कुखुराको मासु यसपटक चितवनमा ह्वातै घटेको हो ।

जिल्लामा ब्रोइलर कुखुराको ठूलो कारोवार गर्दै आइरहेका पोल्ट्री व्यवसायी मञ्चका कोषाध्यक्ष हरि लोहनीले विगतका दशैंको तुलनामा यसपटक कुखुराको मासुको कारोवार निकै घटेको बताउनुभयो ।

यसअघि प्रतिकेजी २ सय ७० रुपैयाँमा बिक्री भएको कुखुराको मासु अहिले २ सय २५ रुपैयाँ प्रतिकिलो हुँदासमेत बिक्री नभएको उहाँले बताउनुभयो । फूलपाती, अष्टमी र नवमीमा अघिल्ला दशैंमा कुखुराको मासुको खपत राम्रो भए पनि यसपटक घटेको उहाँको भनाइ छ ।

कुखुराको मासुको बिक्री ३५ प्रतिशत मात्रै भएको छ । मासुको खपत कम भएपछि कुखुरा ओसार्ने गाडीहरु थन्काएर त्यहाँ काम गर्ने चालक तथा लेबरहरुलाई बिदा दिइएको उहाँको भनाइ छ ।

खसी, बोका तथा राँगाको मासु दशैंमा बढी खपत हुने भए पनि कुखुराको मासु पनि सोही अनुपातमा खपत हुने गरेको थियो । चितवनमा ब्रोइलरको मासुले नपुगेर पोखरा तथा वीरगञ्जबाटसमेत ल्याउने गरिएको थियो ।