Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : डा शशांक


533
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बडा दशैंको शुभकामना दिदै डा. कोइरालाले दशैं जस्ता महान पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

कोइरालाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यी महान पर्वहरू आर्शिवाद दिने विश्वास लिदैं सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु ।’