Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सरकारले गैर आवासीय नेपाली संघसँग थप सहकार्य गर्न चाहेको छः परराष्ट्रमन्त्री साउद


195
Shares

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए)सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताउनुभएको छ ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको संघको ११ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभरी फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकहरुमा लबिङ गर्न र सहयोगी हातहरु विस्तार गर्न एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यससँगको सहकार्यलाई थप प्रभावकारी बनाउन सरकारले सबै प्रयत्न गर्ने स्पष्ट पार्नुभयो । मन्त्री साउदले गैर आवासीय नेपालीहरुलाई सरकारले अवैतनिक राजदुतको रुपमा ग्रहण गरेको समेत बताउनु भयो ।

नेपालको राजनीतिमा पनि महत्वपूर्ण एजेण्डा बन्न सकेको भन्दै एनआएएनएको प्रशंशा पनि उहाँले गर्नुभयो । मन्त्री साउदले नेपाल राष्ट्रको विकास र समृद्धमा एनआरएनएको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री साउदले गैर आवासीय नेपालीलाई नागरिकता दिने कामको शुरुवात भएको उल्लेख गर्दै त्यसलाई सहजीकरण गर्न पनि सरकार कटिवद्ध रहेको बताउनु भयो ।