काठमाडौं । दसैंका लागि मगाइएका खाद्यका खसी बोका आजदेखि काठमाण्डौं भित्रदैंछन् ।
सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरिएका खसिबोका र च्यांग्रा आजदेखि धमाधम काठमाडौं भित्रने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
कम्पनीले आजै मूल्य निर्धारण गरी भोलिबाट बिक्री थाल्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याइ बिक्री गर्ने लक्ष्य राखेको छ । विभिन्न स्थानबाट खरिद गरी काठमाडौं ल्याइएका खसीबोका र च्यांग्रा खाद्यको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्