Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो : राष्ट्रपति पौडेल


78
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ बताउनु भएको छ ।

दशै, तिहार लगायत चाडपर्वका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित संचारकर्मीहरुसँगको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ आफ्नो पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो –‘ सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो, किनकी अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्‍याउन सक्नेतर्फ सचेत हुन म संचारजगतलाई आग्रह गर्दछु’ ।

उहाँले यस्तो अवस्थामा पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो संघर्ष र वलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास समेत ब्यक्त गर्नुभयो ।