काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्ताव प्रश्तुत गर्दै उहाँले अन्य संवैधानिक आयोगजस्तै अपांगता भएका व्यक्तिको लागि पनि शक्तिशाली आयोग हुनुपर्ने बताउनुभएको हो । सांसद पन्थले सरकारले अपांगता भएका व्यक्तिको संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।
मुलुकमा गणतन्त्र आएको १५ वर्ष पुगिसक्दा पनि सबै नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकारले कुनै ठोस योजना तथा कार्यक्रम समेत ल्याउन नसकेको सांसद पन्थको गुनासो थियो ।
सांसद पन्थले अपांगता भएका व्यक्तिहरुको हित अनुकूलका कानूनहरु कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।








प्रतिक्रिया दिनुहोस्