Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


शेयर धितो कर्जा सीमा परिमार्जनले पनि लगानीकर्तामा जगाएन आशा


468
Shares

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएपनि लगानीकर्तामा आशा जगाउन सकेको छैन ।

परिमार्जनले यता बजार थप ओरालो लागेको हो । मंगलबार पनि दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि खुम्चियो । नेप्से १९ अंकले ओरालो लागेर १८ सय ८९ मा झरेर थामियो । सबै उपसुचक राताम्मे हुँदा आधा दर्जन समूह १ प्रतिशत बढीले घटे ।

मंगलबार १ सय ९३ कम्पनीको मूल्य घट्दा जम्मा ३१ कम्पनीको मात्र मूल्य बढेको नेप्सेले जनाएको छ । घटेको बजारमा पनि अपर लोहरे खोला हाइड्रोका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् भने बाराही हाइड्रोका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् ।

यसदिन २ सय ८२ कम्पनीको ४२ लाख ८७ हजार कित्ता शेयर १ अर्ब २८ करोड बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।