
तस्विर : फाइल
काठमाडौं । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो ।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै आएको थियो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो ।








प्रतिक्रिया दिनुहोस्