काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरु नै नेपालका आदिवासी भएको बताउनुभएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रिय समितिको ३१ औँ वार्षिक साधरण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनुभएको हो । उहाँले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरु नै आदिवासी भएको बताउनुभयो ।
उपमहासचिव गुरुङले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको बताउनुभयो ।
हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको दाबी गर्नुभयो । उहाँले राज्यको धर्म भन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताउनुभयो । आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सिमित भएकाले आदिवासीमा सामुहिकता कायम रहेको बताउनुभयो ।
उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताउनुभयो । उहाँले जसको मानव समुदायको लिखित इतिहास छैन त्यो नै आदिवासी भएको बताउनुभयो ।
उहाँले आदिवासीको इतिहास किंवदन्तीमा आधारित रहेको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्