
काठमाडौं । नेकपा (एमाले) को सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ ।
धनगढीमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन सत्र सकिए लगत्तै भावी नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुनेछ ।
असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि प्रदेशभरबाट ६ सय ७५ प्रतिनिधि छनोट भएका छन्। अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।
एमालेको सुदूरपश्चिम अध्यक्षका लागि तीन जना नेता कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् ।
एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी गरी ६ प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ ।
अब एमालेको मधेश प्रदेश अधिवेशन हुन बाँकी रहेको छ । मधेश अधिवेशन पनि यहि असोज २४ र २५ गते जनकपुरधाममा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्