Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र बझाङको निरक्षणमा जाँदै


104
Shares


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्पले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्न जानु हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् हिजो प्रधानमन्त्री प्रचण्डले बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

भूकम्पका कारण बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४ सय १० वटा भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपले क्षति पुगेको छ ।