२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


बीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागेको छ : स्वास्थ्यमन्त्री


845
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले बीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले बीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागेको बताउनुभयो । उहाँले बीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले आधारभुत स्वास्थ्य सेवा गरिब, विपन्नहरुका लागि निःशुल्क बनाउन आफू लागि परेको बताउनुभयो । उहाँले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ती अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताउनुभयो ।

अहिले देखिएको जनशक्ति अभावको अन्यौल चाँडै समाधान हुने बताउनुभयो । स्वास्थ्यमन्त्री बस्नेतले दिक्षित भएकाहरु राष्ट्रको भविष्य र गरिमा भएको बताउनुभयो ।