काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पको क्षति र सरकारी कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक डाक्नुभएको हो । बजाङ केन्द्र बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ ।
बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार गएको भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भूकम्पले सुदूरपश्चिम प्रदेशमा पूर्ण र आंशिक गरी ४ सय १० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्