Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिस्कार


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिस्कार गरेको छ ।

चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्तालाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त बैठक बहिस्कार गरिएको रास्वपाका सभापति रबि लामिछानेले बताउनु भएको हो ।

लामिछानेले सामाजिक सञ्जालमार्फत रास्वपाले बैठक बहिस्कार गरेको बताउनु भएको हो । लामिछानेले लेख्नुभएको छ –‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’

सुन तस्करी प्रकरणमा छानबिन आयोग बनाउने भनिएता पनि त्यो कार्यान्वयन नभएको र संसद संचालनका विषयमा छलफल गर्न दाहालले आइतबार राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बोलाउनु भएको हो । प्रतिनिधि सभाको बैठक आजै बस्दैछ । त्यसअघि दाहालले दलहरुसँग छलफल गर्न लाग्नु भएको हो ।