Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मेलम्चीमा हाम फाली बेपत्ता व्यक्तिको शव फेला


3.7k
Shares

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टे स्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले शुक्रबार गते फेला पारेको छ ।

सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षिय विष्णु प्रसाद गजुरेल असोज ११ गते उक्त खोलामा हाम फाली बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरे स्थित ईन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो ।

Skip This