२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


एकै पटक ७ सय बढी भारतीय धार्मिक पर्यटक नेपाल


1.885k
Shares

काठमाडौं । विश्व पर्यटन दिवस सन्दर्भमा नै एकै पटक ७२३ जना भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् ।

नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकै पटक ७२३ भारतीय धार्मिक पर्यटकहरु नेपाल आएका हुन् । उनीहरु लुम्बिनीमा जानकी मन्दिरको दर्शनी पछि असोज ९ गते मंगलवार काठमाडौं आएका हुन् ।

७२३ भारतीय धार्मिक पर्यटकहरुले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् । भारतीय धार्मिक पटकहरु नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् ।

भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभल मार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरु लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौं उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरुको रहेको छ । यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् ।

भारतीय धार्मिक पर्यटक व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरुमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताउनुभयो । उहाँले ७२३ भारतीय पर्यटकहरुमा भारतमा नै बसोवास गर्ने भन्दा पनि भारतबाट अमेरिका लगायतमा गएर बस्र्ने नागरिकहरु रहेको बताउनुभयो । उहाँले नेपालका धार्मिक पर्यटकीय क्षेत्रहरुलाई विश्वमा चिनाउने काम गर्ने बताउनुभयो ।

प्रबन्ध निर्देशक सापकोटाले धार्मिक तथा अन्य पर्यटकहरु वृद्धि गर्नको लागि राज्यले प्राथमिकता दिएर सडकहरुलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले पर्यटकहरुको लागि सबैभन्दा सडक मार्गको असुविधा रहेको भन्दै सुधार गर्न माग गर्नुभयो । उहाँले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नको लागि निजी क्षेत्र सधँै लागि रहेको भन्दै भारतीय ७२३ जना पहिलो भएको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नसके होटल क्षेत्रको लागि राम्रो हुने बताउनुभयो ।

त्यस्तै, भारतीय धार्मिक पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुहरुलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलहरुको दर्शन गर्न आएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक र धार्मिक रुपमा सुन्दर रहेको पाएको बताउनुभयो । भारतीय पर्यटक राजेन्द्र ठकरले नेपालमा १३ दिनको धार्मिक यात्राको लागि आएको बताउनुभयो । उहाँले नेपाल पर्यटकीय हिसावमा धेरै राम्रो रहेको बताउनुभयो । उहाँले भारतदेखि ५२ वटा सवारी साधनमा यात्रुहरु रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन ४ लाख ७६ हजार ४८१ जना आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । यो महिनामा महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन आएका छन् । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ ।