Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


डा. दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्छ : मन्त्री आचार्य


117
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले विगतमा समेत नेपाल सरकारले राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्नुभएका विशिष्टि व्यक्तित्वहरु राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीलाई उहाँहरुको जीवन कालमा उपाधि एवं अभिनन्दनद्वारा सम्मान गरिएको भन्दै उहाँले डा. दासलाई पनि सोही स्तरको सम्मान दिनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री आचार्यले नेपाली समाजमा गरेको योगदानलाई चीर पर्यन्त सम्झनामा रही रहोस् भनेर सम्मान दिने गरिएको स्मरण गर्नुभयो ।

मन्त्री आचार्यले समाजमा विद्यमान व्यक्तित्वहरुको बारेमा ती व्यक्तिहरुले गरेको योगदानको मूल्यांकन गरी कदर सम्मान एवं अभिनन्दन गर्नु सभ्य सुसंस्कृत र आधुनिक समाजको परिचय भएको बताउनुभयो ।