१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनै द्वन्द्व छैन : मुख्यमन्त्री शाही


0
Shares

काठमाडौं, भदौ २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच कुनै द्वन्द्व नभएको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीय सरकारसँग प्रदेश सरकारको कुनै द्वन्द्व नभएको बताए ।

आफ्नो ध्यान कर्णाली प्रदेशको समृद्धिमामात्रै केन्द्रित रहेको भन्दै मुख्यमन्त्री शाहीले संविधानले प्रदेश सरकारलाई दिएको सबै अधिकार प्रयोग गर्ने बताए ।

संविधानअनुसार नै प्रधानमन्त्रीले प्रदेश सरकार र मुख्यमन्त्रीलाई अधिकार दिनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले प्रधानमन्त्रीले प्रदेश सरकारको काममा हस्तक्षेप गर्न नहुनेसमेत बताए ।

अबको पाँच वर्षमा पनि सरकाले देश विकास गर्न नसके अरुलाई दोष दिन नमिल्ने उनको भनाइ थियो ।

आरोप–प्रत्यारोपभन्दा पनि सबैजना मिलेर देश विकासमा लाग्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए ।