३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


चीनको पूर्वी सहर हान्झाउमा एशियाली खेलकुदको १९ औँ संस्करणको विधिवत शुभारम्भ


195
Shares

काठमाडौं । हान्झाउ ओलिम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्घाटन गरेपछि चीनको पूर्वी सहर हान्झाउमा एशियाली खेलकुदको १९ औँ संस्करणको विधिवत शुभारम्भ भएका छ ।

कोरोनाभाइरस महामारीका कारण एक वर्ष धकेलिएको एशियाली खेलकुद आयोजनाको लागि हान्झाउ झकिझकाउ बनेको छ ।

आजभन्दा १३ वर्ष अगाडि सुरु भएको एशियाड अभियान पूर्ण हुनु अगाडि कोरोना भाइरस महामारीका कारण हान्झाउले एक वर्ष समय कुर्नुपरेको थियो ।

हान्झाउ एशियाडलाई अहिलेसम्मकै ’भव्य र यादगार’ बनाउने दाबी आयोजकको छ ।