Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


संविधान संशोधन अपरिहार्य : जसपा


299
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ ।

संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न २०७२ असोज ३ मा जारी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

जसपाले सार्वभौमसत्ता नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ (१) र १३८ (१ क), संविधान सभाको नियमावली २०७०, उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, पहिलो संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको सहमति, ऐतिहासिक मधेस जन विद्रोहको समयमा भएको २२ बुँदे र ८ बुँदे सम्झोता लगायत विभिन्न समयमा आदिवासी जनजाति, खस र सरकारबीच भएका सम्झौता, सहमति, समझदारी समेत उल्लङ्घन गरी अन्तरिम संविधानमा प्राप्त जनताका अधिकार समेतलाई खोस्ने कार्य गरी मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कार्य गरिएको समेत बताएको छ ।

Skip This