Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विद्यालय भवन पुनर्निर्माणमा अनियमितता


832
Shares

काठमाडौं । विद्यालय भवन पुनर्निर्माणमा ७० लाख रुपैयाँ अनियमित भएको भन्दै आवश्य छनबिन गरि अनियमित कार्यमा समलग्न व्यक्तिहरु माथी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो ।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ३ स्थित श्री महेन्द्र कान्ति माध्यामिक विद्यालयको भवन २०७२ सालको भूकम्पले पुर्ण रुपमा क्षती पुर्याको हुँदा उक्त विद्यालय भवन पुनर्निर्माणको लागि भारतिय राजदुतावासले आर्थिक सहयोगमा दुई वटा भवन निर्माण भएको थियो ।

उक्त भवन निर्माण गर्ने क्रममा ठेकेदार, विद्यालयका प्रधानाध्यापक केदार प्रसाद भण्डारी, तथा तात्कालिन वडा अध्यक्ष रामहरी खड्काको मिलेमतोमा गुणस्तर हिन सामान प्रयोग गरि अनावश्यक भेरिफिकेसन गराइ ७० लाख रुपैयाँ हिनामिना गरेको उजुरीमा भनिएको छ ।

भवन निर्माण तथा फर्निचरको गुणस्तरका बारेमा स्थानीयले चासो राखी सम्झौता पत्र हेर्न खोज्दा देखाउन नचाहेको कारण सत्य तथ्य कुरा बाहिर ल्याउनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्न बाध्य भएको स्थानियहरुको भनाइ छ ।

२०७९ साल चैत्र ३० गते दर्ता गराएको उजुरी बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २० गते सुनकोशी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकलाई उजुरिको बिषयमा छनबिन गरि पत्र प्राप्त भएको १५ दिन भित्र राय सहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन पत्राचार गरेको छ ।