२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न वार्ता टोली गठन, टोलीले वार्ता सुरु गर्‍यो


494
Shares

काठमाडौं । सरकारले आन्दोलरत नेपाल चिकित्सक संघका मागबारे वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गर्नुभएको हो । वार्ता टोलीले आन्लोलनरत चिकित्सहकरसँग स्वास्थ्य मन्त्रालयमा वार्ता समेत शुरु गरेको छ । आइतबार सरकारले गठन गरेको वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोली गठन भए लगत्तै आमन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता भएको हो । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघको आब्हनमा आज देशैभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिएको छ । सेवा बन्द हुँदा विरामीहरु भने मर्कामा परेका छन् ।