Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भयौं : अध्यक्ष हमाल


1.7k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेन्ज ल्याउन असफल भएको स्वीकार गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौति’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो स्वीकार गर्नुभएको हो । उहाँले नयाँ स्टक एक्सचेन्ज ल्याउने भनेको लामो समय प्रयास गरे पनि बोर्ड असफल भएका बताउनुभयो ।

अध्यक्ष हमालले पुँजी बजारमा प्रतिष्पर्धा गर्न नयाँ स्टक एक्सचेन्ज ल्याउन सबै प्रक्रिया पुर्‍याएर तीन कम्पनीको आवेदन परेको १२/१३ महिनाको अवधि हुँदा पनि स्वीकृत गर्न नसकेको भन्दै धितोपत्र बोर्ड स्टक एक्सचेन्ज ल्याउन असफल भएको बताउनुभयो । उहाँले सरकारले सरकारसँग जुध्न गाह्रो भएको भन्दै विश्वको पुँजीबजारसँग प्रतिष्पर्धा गर्ने नयाँ स्टक एक्सचेन्ज ल्याउन खाजेको बताउनुभयो ।

अध्यक्ष हमालले त्यस्तो भएमात्रै पुँजीबजारको सम्पूर्ण इकोसिस्टम सुधार हुने बताउनुभयो । उहाँले बोर्डले सरकारी स्टक एक्सचेन्जलाई सिध्याउने भन्ने कुनैपनि मनशाय नभएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको कुनैपनि आर्थिक क्षेत्रमा मनोपोली हुन नहुने भन्दै मनोपोली भए विकासको बाटोमा अगाडि बढ्न नसकिने बताउनुभयो ।

अध्यक्ष हमालले पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको बताउनुभयो । उहाँले राइट शेयरमा केही गर्न खोजिरहेको बताउनुभयो । उहाँले नेपाली पुँजीबजारमा आईपीओमा १० कित्ते नीति राम्रो नभएको बताउनुभयो ।

अध्यक्ष हमालले १० कित्ते नीतिमा सकारात्मक र खराब पक्ष भएको भन्दै बराब पक्षको आफू बिरोधी रहेको बताउनुभयो । उहाँले सकारात्मक पक्षलाई बोर्डले सबल बनाउने र नकारात्मक पक्षलाई निरुत्साहित गर्न नीति ल्याउने काम गर्ने बताउनुभयो ।

अध्यक्ष हमालले ब्रोकर कसिशनको विषयमा ब्रोकरहरुबीचमा विवाद नगर्न आग्रह गर्नुभयो । उहाँले बोर्डले बलियो स्टेकहोल्डर बनेर सबैसँग छलफल संवाद र बजारको सम्पूर्ण पक्षलाई हेरेर काम गर्न खोजि रहेको दाबी गर्नुभयो । उहाँले १० कित्ते नीतिको प्रभाव भएपनि जनमानसमा पुँजीबजारको छाप बसेको भन्दै उक्त समयलाई हामीले क्याच गर्न सक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष हमालले सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने बताउनुभयो । उहाँले पहिला सेबोनले लिने शुल्क घट्नेपछि मात्रै ब्रोकर कमिसन घट्ने बताउनुभयो । उहाँले ब्रोकर कम्पनी पुँजी बजारका मुटु भएको पनि बताउनुभयो । अध्यक्ष हमालले सरकार र सरकारी निकायहरुले केही गरेन मुलुकको अर्थतन्त्र डामाडोल भयो भनेपनि अर्थतन्त्रमा सूचकहरु हेर्दा नेपालको अर्थतन्त्र संकटग्रस्त नभएको बताउनुभयो । उहाँले नेपाली समाज उत्ताउलो रहेको बताउनुभयो ।