Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


अमेरिकी राष्ट्रपति बाइडेनका छोरा झुठो बोलेर हतियार किनेको आरोपमा दोषी ठहर


1k
Shares


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन झेठो बोलेर हतियार खरिद गरेको आरोपमा दोषी ठहर भएका छन् ।

डेलाबर अदालतमा चलिरहेको मुद्धामा अदालतले ५३ बर्षिय बाइडेनलाई तीन वटा आरोपमा दोषी ठहर गरेको हो । सन् २०१८ मा उनले कोबरा स्वचालित बन्दुक खरिद गर्ने क्रममा झुठो बोलेको ठहर अदालतको छ । बन्दुक खरिद गर्ने समयमा उनी कोकिनका दुब्र्यसनी रहेकोमा उनले आफू दुब्र्यसनी रहेको विषय ढाँटेर डेलाबरबाट बन्दुक किनेको अदालतको ठहर छ ।
अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनमाथि नै महाअभियोग प्रक्रिया शुरु गर्न अनुमति दिएको बेला छोरा बाइडेन दोषी करार भएका छन् ।

हण्टर बाइडेनका कानुनी सल्लाहकारले भने उनले राखेको बन्दुकबाट कसैलाई क्षति नभएको भन्दै अदालतको फैसलालाई राजनीति प्रेरित भनेका छन् ।तर हन्टर बाइडेनले अब कुनै पनि बेला अदालतमा आत्मसर्पण गरेर बाँकी प्रक्रिया शुरु गर्नुपर्ने बताइएको छ ।