Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अन्त्येष्टिका लागि नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट लगिँदै


923
Shares

काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।

अन्त्येष्टिअघि अहिले शव यात्रा भइरहेको छ । उहाँको निवास बालुवाटारबाट शव यात्रा निकालिएको हो ।

शवयात्रा अघि बालुवाटारमै नेपाली सेनाले सलामी दिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको छोराहरु विदेशबाट फर्किन समय लाग्दा अन्त्यष्टि गर्न ढिलाई भएको हो । त्रिवि शिक्षण अस्तापलत महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिब शरीर मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म श्रद्धाञ्जलीका लागि एमाले मूख्यालयमा राखिएको थियो भने बुधबार नेम्वाङको निवासमा लगिएको थियो ।

निवासमा लिम्वु संस्कार अनुसारको कर्म गरिएको थियो । नेम्वाङ निधनप्रति शोक जनाउँदै सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।