३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भारतले काठमाडौं आउने विमानमा ‘एयर मार्सल’ को संख्या बढायो


0
Shares

काठमाडौं, भदौ २५ । भारतले काठमाडौं आउने विमानमा विशेष सुरक्षा दस्ता ‘एयर मार्सल’ को संख्या बढाएको छ ।

भारतीय सुरक्षा एजेन्सी र हवाई सेवा सम्बन्धी निकायलाई विमान अपहरण हुन सक्ने गोप्य सूचना प्राप्त भएको दाबी गर्दै मार्सल संख्या थपिएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतले आफ्नो विमानमा यसअघि २ देखि ६ जनासम्म एयर मार्सल राख्दै आएको भए पनि अब कति थपिएको भन्ने समाचारमा उल्लेख छैन ।

पत्रिकाले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘ती एयर मार्सल हतियारसहित हुन्छन् ।’ –कान्तिपुर दैनिकबाट