दाङ, भदौ २४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दाङ जिल्ला अदालतले अनुसन्धानका लागि ८ दिनको म्याद दिएको छ ।
विश्वकर्मालाई गत २० गतेको मितिदेखि आगामी २७ गतेसम्म थुनामा राख्न अनुमति दिइएको हो ।
भोजपुर जिल्ला अदालतले उनलाई गत २० गते छोडेको थियो । अदालत परिसरमै पत्रकारसँग संक्षिप्त कुरा राख्दै विश्वकर्माले सरकारले राजनीतिक पुर्वाग्रह लिएर झुट्टा मुद्दाको खेती गरिरहेको बताए ।
म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा उनलाई दाङ ल्याइएको हो ।
गत मंसिर १२ गते दाङको तुल्सीपुरमा गराइएको बम विस्फोटमा म्यादी प्रहरी चौधरीको निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्