Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


भारतको मणिपुरमा फेरी हिंसा भड्कियो, थप २ जनाको मृत्यु


299
Shares

एजेन्सी । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किदा थप २ जनाको मृत्यु भएको छ ।

कुकी र मेइती समुदायबीचको तनाव केही समय मत्थर भएकोमा फेरी हिंसा भड्किएको हो ।

मणिपुरको तङनोपाल जिल्लाको पल्लेल क्षेत्रमा आइतबार बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

घटनामा सेनाका मेजरसहित करिब ५० जना घाइते भएका छन् । मणिपुरका अधिकारीका अनुसार दुई अज्ञात समूहबीच भएको गोली हानाहान निरन्तर जारी रहदा एक जनाको मृत्यु भएको हो भने अर्का एक घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गोलाबारीका बीच सर्वसाधारणबीच भागदौड मच्चिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेका थिए ।