३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


म्यानमारले एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने


1.339k
Shares

एजेन्सी । म्यानमारले चीनको हाङ्जाओमा हुने एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ ।

खेलकुद तथा युवा मामिला मन्त्रालयअन्तर्गतको खेलकुद तथा शारीरिक शिक्षा विभागका निर्देशक खुन जार आङले हाङ्जाओ खेलकुदमा सात खेलका खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनकसहित १७३ सदस्यीय प्रतिनिधि मण्डल पठाउने बताउनुभएको हो ।
६३ पुरुष र ४८ महिला खेलाडीले फुटबल, तेक्वान्दो, उसु, ड्रागन बोट रेसिङ, एस्पोर्ट्स, आर्चरी जस्ता खेलमा सहभागी जनाउने बताइएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने एशियाली खेलकुदमा ४५ देशका करिव १३ हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरुले ४० खेलका ४८१ इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

सन् २०१८ मा इण्डोनेसियामा भएको एशियाली खेलकुदमा म्यानमारले उसु र सेपाक ताक्राबाट दुई पदक जितेको थियो ।