
काठमाडौं । नेपाल साफ यू–१६ च्याम्पियनसिपको दोस्रो खेलमा भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतसँग १–० को अन्तरले पराजित नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो ।
भारतको जितमामोहम्मद अर्बाशले खेलको ३३ औं मिनेटमा गरेका थिए । उनले विशाल यादवको पासमा बक्स भित्रबाट गोल गरेका थिए । पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो ।
नेपालको प्रतियोगिता गोलविहीन रहँदै सकियो । नेपालको समूहबाट भारत ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाललाई हराएको बंगलादेश तीन अंक सहित दोस्रो स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो ।
प्रतिक्रिया दिनुहोस्